महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

लोकसेवामा जागिर खाने उमेर ३५ बाट घटाएर २८ वर्षमा झार्न सांसदको प्रस्ताव

समाचार

लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् ।

संघीय निजामती ऐन विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भरत साहले उमेर हद घटाउन प्रस्ताव गरेका हुन् । ‘अहिले ३५ वर्षसम्म लोकसेवामा भर्ना गर्ने गरिएको छ, त्यो बूढो उमेरमा भर्ना भएर के गर्ने ? ३५ वर्षलाई २८ वर्षमा झार्नुपर्छ । भारत पाकिस्तानमा पनि २८ वर्ष छ,’ सांसद शाहले भने ।

संसदको लेखा समितिको सभापति समेत रहेका सांसद शाहले पेन्सन या निवृत्तिभरणका लागि ५८ वर्षसम्म सेवा गर्नुपर्ने प्रावधन राख्न माग गरे । ‘कसैले २१ वर्षमा जागिर खायो भने ४१ वर्षमै पेन्सन पाक्छ । ५८ वर्ष नपुगी पेन्सन दिनु हुन्न जहिले भर्ना भएको भएपनि,’ उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सोमवार संसदमा सो विधेयक पेश गरेका हुन् । विधेयकमाथि छलफल जारी छ ।