लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषदबाट पारित, अव पालो विज्ञापनको

समाचार

लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव सोमबारको बैठकबाट स्वीकृत भएको हो ।

प्रस्ताव परिषद्मा पेस गर्नु अघि विभिन्न तहमा विभिन्न चरणमा यसबारे छलफल हुनुका साथै मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्षसमेतबीच मन्त्रालयमा छलफल भएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार विभिन्न ४३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण आयोगमा पठाई सकेको छ ।

प्रस्ताव पास भएसँगै अब लोक सेवालाई विज्ञापन पर्ने बाटो खुलेको छ । स्थानीय तहका लागि सरकारबाट माग भई आए लगत्तै आयोग तयारीमा जुटिसकेकोले सरकारबाट कानुनी बाटो खुल्ला गरिदिने बित्तिकै प्रक्रिया विज्ञापन खोल्ने लोक सेवा आयोगले बताएको थियो ।