समसामयिक सामान्य ज्ञान कृषि बिकास बैंक को लागि उपर्युक्त

सामान्य ज्ञान - GK

कृषि बिकास बैंक , नेपाल रास्ट्र बैंक , निजामति सेवाको लागि हुने संघ, प्रदेश स्थानीय तहको परिक्षा साथै अन्य सार्वजनिक सस्थानहरुको परीक्षाको लागि उपर्युक्त जानकारिहरु :-

१. ‘पिसाबलाई हिसाबमा रूपान्तरण’ नामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो ?

मंगला गाउँपालिका
(नोट – म्याग्दीको उक्त गाउँपालिकाले २०७५ पुस ८ गतेबाट यो अभियान सञ्चालन गरेको छ ।)

२. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

२०७५ पुस १६–१७, सिन्धुपाल्चोकको गुफाडाँडा
(नोट – ‘समृद्ध नेपाल, स्वच्छ नेपाली’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र ‘साझा सिन्धु’ जारी गरेको थियो ।)

३. नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ?

असार २ गते

४. विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ?

चिली

५. चर्चित साहित्यिक कृति ‘कोरियाना कफी गफ’का लेखक को हुन् ?

नारायण वाग्ले

६. ‘मानव विकास सूचकांक २०१८’अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

१४९औँ स्थानमा

७. अग्रज लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन कहिले भयो ?

२०७५ पुस १३

८. नेपाल र भारतबीचकोे संयुक्त सैन्य अभ्यासलाई के नामाकरण गरिएको छ ?

सूर्यकिरण

९.‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ?

सुनसरीको धरान

१०. ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई भनिन्छ ?

मरिचमानसिंह

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *