हेर्नुहोस महत्वपुर्ण सामान्य ज्ञान :-

सामान्य ज्ञान - GK

कृषि बिकास बैंक , नेपाल रास्ट्र बैंक , निजामति सेवाको लागि हुने संघ, प्रदेश स्थानीय तहको परिक्षा साथै अन्य सार्वजनिक सस्थानहरुको परीक्षाको लागि उपर्युक्त जानकारिहरु :-

१. ‘सातौँ राष्ट्रिय गणित सम्मेलन’ कहाँ भयो ?

बुटवलमा (नोट – २०७५ पुस २८ देखि माघ १ सम्म नेपाल र भारतका गणितिज्ञहरूको भेला भएको थियो ।)

२. भेडीखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?

पर्वत

३. ‘सिएनएन हिरो अवार्ड २०१८’ प्राप्त गर्न सफल व्यक्ति को हुन् ?

रिकार्डो पुन चोङ (पेरु)

४. बिबिसी अफ्रिकन वर्ष खेलाडी २०१८ को अवार्ड कुन खेलाडीले प्राप्त गरे ?

मोहमद सालह (नोट– गत वर्षको विजेता पनि सालह नै रहेका थिए भने उनी इजिप्टका खेलाडी हुन् ।)

५. नेपालको पहिलो ‘अस्ट्रिच फर्म’ कहाँ रहेको छ ?

रुपन्देही (नोट – दोस्रो फर्मचाहिँ दाङको बेलझुन्डीमा रहेको छ ।)

६. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ?

विश्वजित मल्ल

७. बहुचर्चित पेय पदार्थ ‘कोकाकोला’को उत्पादन सुरु कहिलेदेखि भयो ?

सन् १८८६ मे ८ (स्मरण रहोस्, कोेकाकोलाको मुख्यालय एटलान्टा सहर, जर्जिया राज्य युएसएमा रहेको छ भने नेपालमा कोकाकोलाको कारोबारको सुरुवात सन् १९७९ बाट भएको हो ।)

८. स्पेनमा आयोजना गरिने पर्यटन मेलालाई के नामाकरण गरिएको छ ?

फिटुर

९. थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ?

कैलाली

१०. सर्वोच्च अदालतले ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ?

२०७० पुस २१

११. सार्वजनिक यातायातका साधनमा हुने दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साल साउन १८ गतेदेखि सुरु गरेको नयाँ अभियानको नाम के हो ?

सेफ्टीपिन

१२. नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?

सुवासचन्द्र नेम्वाङ (पेस्की खर्च ऐन २०६३)

१३. ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

१०५औँ स्थान (०.६७१ अंक) (स्मरण रहोस्, इन्डेक्सको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने अन्तिम स्थानमा यमन रहेको छ ।)

१४. कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको मुख्य लगानीमा बन्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति हुने अनुमान छ ?
६८८ मेगावाट

१५. विश्वमा कतैपनि नपाइने स्नोट्राउट माछा नेपालको कुन तालमा पाइन्छ ?
रारा ताल

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *