इ बैकिंग – एटिएम- चेक सम्बन्धि जानकारी

बैंकिंग

पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टि्फिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ ।

बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । त्यसैले, बैंकमा जागीरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ :

चेक
चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।

एटीएम
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्रा्ष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।

ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *