सामान्य ज्ञान कृषि विकास बैंक

समाचार

१. राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको ‘कमिसन अप नस्टाटस अफ वुमन’ को ६३औं सत्रमा सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ?
उत्तर : वि.सं. २०७५ फागुन २६

२. राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको जुगल हिमालअन्तर्गत ‘ग्याल्को पिक’ मा पहिलोपटक सफल आरोहण कहिले गरियो ?
उत्तर : वि.सं. २०७५ चैत २६

३. इतिहासमै पहिलोपल्ट ब्ल्याक होलको तस्बिर कहिले सार्वजनिक गरियो ?
उत्तर : सन् २०१९ अप्रिल १०

४. नेपाल सरकारले स्वास्थ बिमा कार्यक्रम कहिले सुरु गरेको हो ?
उत्तर : वि.सं. २०७२ चैत २५
(स्मरण रहोस्, सुरुआती पहिलो चरणमा बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की र कैलाली गरी ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो ।)

५. नेपालमा चिनियाँ नागरिकलाई फ्रिभिसा दिने निर्णय कहिले गरियो ?
उत्तर : वि.सं. २०७२ पुस १०

६. नेपालको राष्ट्रिय झन्डा अंकित स्याटेलाइट पहिलोपटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?
उत्तर : वि.सं. २०७६ वैशाख ५

७. शैक्षिक सत्र, २०७६ का लागि सञ्चालन गरिएको विधार्थी भर्ना अभियानको नारा के रहेको छ ?
उत्तर : हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔं ।

८. सन् २०१९ अप्रिलमा प्रसिद्ध पुलिट्जर पुरस्कारबाट सम्मानित संस्था कुन हो ?
उत्तर : क्यापिटल ग्याजेर
(स्मरण रहोस्, जुन अमेरिकी स्थानीय अखबार संस्था हो ।)

९. विश्वको सानो मुद्दा कुन हो ?
उत्तर : जावा

१०. नेपाल—चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता कहिले भएको हो ?
उत्तर : वि.सं. २०७५ फागुन १६

११. सन् २०१९ मार्च ८ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?
उत्तर : ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’

१२. कार्ट—टी के सँग सम्बन्धित छ ?
उत्तर : क्यान्सर रोग

१३. नेपाल र बंगलादेशीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा कहिले हस्ताक्षर
भएको हो ?
उत्तर : वि.सं. २०७५ फागुन २१

१४. आठौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने खेलाडी को हुन् ?
उत्तर : गौरिका सिहं

१५. वैज्ञानिकले पत्ताल गाएको नयाँ ग्रहको नाम क हो ?
उत्तर : केप्लर—४७ डी
(स्मरण रहोस्, सो ग्रह २०१९ अप्रिल २३ मा पत्ता लागेको हो ।)

१६. विश्वको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कहाँ पर्दछ ?
उत्तर : चेरापुन्जी

१७. पहाड क्षेत्रको सबैभन्दा अग्लो टाकुरा शैलुङ्क दोलखा जिल्लामा पर्दछ भने चुरे क्षेत्रको सबैभन्दा अग्लो चुचुरो गार्वा कुन जिल्लामा पर्दछ ?
उत्तर : कैलाली

१८. शिवालिक पर्वत शृंखला कुन स्थानमा रहेको छ ?
उत्तर : तराई तथा भित्री मधेस

१९. नेपालको एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?
उत्तर : राप्ती

२०. रातदिन अक्सिजन दिने बिरुवा कुन हो ?
उत्तर : तुलसी

२१. रेसुङ्का ताल कहाँ पर्दछ ?
उत्तर : दार्चुला

२२. नेपालमा बालकको सालनाल काट्ने चलन कसले चलाएका थिए ?
उत्तर : अंशुवर्मा

२३. रानी पोखरीको वास्तविक नाम के थियो ?
उत्तर : विष्णुतीर्थ

२४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना कहिले भएको हो ?
उत्तर : वि.सं. २०१२ सालमा

२५. चमेलिया जलविद्युत् आयोजना कहाँ पर्दछ ?
उत्तर : दार्चुला

२६. वायुमण्डलमा कति प्रतिशत नाइट्रोजन हुन्छ ?
उत्तर : ७८ प्रतिशत

२७. नेपालको कति जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सञ्चालन भएको छ ?
उत्तर : १३ जिल्लामा

२८. नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर : सन् १९९४

२९. नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १६५औं मुलुक कुन हो ?
उत्तर : इक्योटेरियल गुएना
(स्मराण रहोस्, सन् २०१९ अप्रिल ३० मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको हो ?

३०. नेपालमा मोबाइल सेवा कहिलेदेखि सुरु भएको हो ?
उत्तर ; वि.सं. २०५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *