समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

सामान्य ज्ञान - GK

१. तलका मध्ये सही कुन हो ? उपयुक्त विकल्प छनोट गर्नुहोस् ।

(क) क्लार्क अवार्ड २०१८ पराग पाठकले प्राप्त गरे ।
(ख) नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफिया हो ।
(ग) वि.स. २०७४ चैत्र १६ मा अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गरे ।

क) क र ग मात्र ठीक ख) क मात्र ठीक

ग) क र ख मात्र ठीक घ) माथिका सबै ठीक

२. नेपालमा इम्बोस्ड नम्बरको सुरुवात कहिलेदेखि भयो ?

क) २०७४ भदौ ५ ख) २०७४ भदौ ७

ग) २०७४ असोज ५ घ) २०७५ असोज ७

३. सन् २०१८ को विश्वकप फुटबल प्रतियोगिता कुन राष्ट्रले जित्यो ?

क) फ्रान्स ख) क्रोसिया

ग) बेल्जियम घ) बेलायत

४. नेपाल र रुवान्डाबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?

क) २०१८ जुन ६ ख) २०१८ जुलाई २०

ग) २०१८ जुलाई २६ घ) २०१८ जुन १६

५. अन्तर्राष्ट्रिय योग दिवश कहिले मनाईन्छ ?

क) मार्च २१ ख) अप्रिल २१

ग) जुन २१ घ) जुलाई २१

६.UNO मानव अधिकार पुरस्कारबाट सम्मानित हुने नेपाली देहायका मध्ये को हुन् ?

क) गिरिजा प्र. कोइराला ख) कृष्णप्रसाद भट्टराई

ग) गणेशमान सिंह घ) मनमोहन अधिकारी

७) Golbal forgiveness day देहायमध्ये कहिले पर्छ ?
क) July 10 ख) July 9

ग) july 7 घ) July 8

8. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता कहिले भयो ?

क) २०१८ जुन १२ ख) २०१८ जुन १६

ग) २०१८ जुन २० घ) २०१८ जुन २२

9. Global Innovation Index 2018 अनुसार पहिलो स्थानमा रहेको देश देहायमध्ये कुन हो ?

क) भारत ख) स्वीट्जरल्याण्ड

ग) अमेरिका घ) भेनेजुयला

10. ९० औं ओस्कार अवार्डबाट सर्वोत्कृष्ट हुन सफल फिल्म …….हो ?

क) डनकर्क ख) मुनलाइट

ग) द सेप अफ वाटर घ) कोको

11. देहायमध्ये कुन रक्त समूह भारतमा पहिलोपटक पत्ता लागेको छ ?

क P(2) phenotype
ख) P1(k) phenotype
ग) Pnull phenotype
घ) P2(k) phenotype

12. त्रिभुवन विमानस्थलको धावन मार्गमा युएस बंगला विमान कहिले दुर्घटना भयो ?

क) २०७४ फागुन १४ ख) २०७४ फागुन २८

ग) २०७४ चैत्र १४ घ) २०७४ चैत्र २८

13. सन् २०१८ मा एसियाली देशको दिगो विकाससम्बन्धी सम्मेलन कहाँ हुदैछ ?

क) फ्रान्स ख) जापान

ग) अमेरिका घ) अस्ट्रेलिया

14. नेपाल सरकारले भलिबललाई कहिले राष्ट्रिय खेल घोषणा ग-यो ?

क) २०७४ जेठ १ ख) २०७४ जेठ ४

ग) २०७४ जेठ ८ घ) २०७४ जेठ १८

15. चौधौं योजना (२०७३/७४–२०७५/७६) को अन्त्य सम्ममा पु-याउने लक्ष्यबमोजिम सही उत्तर छान्नुहोस् ।

i) माध्यामिक तहमा खुद भर्नादर : 45%
ii) खानेपानी सेवा पुगेको जनसंख्या : 90%
iii) विद्युत्मा पहुँच प्राप्त जनसंख्या : 87%
iv) गरिबीको रेखामुनिको जनसंख्या :17%

क) i,ii,iv मात्र ठिक
ख) iv मात्र ठिक
ग) सबै ठीक
घ) ii,iii,iv मात्र ठिक

16. २०१८ फोब्र्समा प्रकाशित सूचीअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को हुन् ?

क) डोनाल्ड ट्रम्प ख) भ्लादिमिर पुटिन

ग) सि जिनपिङ घ) एन्जेला मर्केल

17. कुनै पनि पुस्तकको पछाडिको आवरणमा पुस्तकको पहिचानका लागि राखिने आइएसबिएन (ISBN) नम्बर लेख्ने प्रचलन कुन देशबाट भएको हो ?

क) फ्रान्स ख) बेलायत

ग) चीन घ) अमेरिका

उत्तरहरुः–

1. घ
2. क
3. क
4. ख
5. ग
6. ग
7. ग
8. क
9. ख
10. ग
11. ग
12. ख
13. ख
14. ग
15. ग
16. ग
17. ख

Leave a Reply

Your email address will not be published. Required fields are marked *