महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

रेडियो नेपालको प्रादेशिक प्रसारण कहिलेदखि सुरु भएको हो ?

सामान्य ज्ञान - GK

१. प्रदेश नं. २ मा रेडियो नेपालको प्रादेशिक प्रसारण कहिलेदखि सुरु भएको हो ?
विसं २०७६ जेठ १८ गते (महोत्तरी जिल्लाको बर्दिबासमा)

२. बेलायतस्थित एपोलिटिक नामक संस्थाले सन् २०१९ मे मा सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल नेपाली व्यक्ति को हुन् ?
भुमिका श्रेष्ठ (संस्थाले विश्वभरबाट छनोट गरेका नौ हजार जनाबाट लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठलाई छनोट गरिएको जनाएको)

३. माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको विद्यत् राष्ट्रिय प्रसारण प्रणालीमा कहिले जोडिएको हो ?
विसं २०७६ जेठ २

४. नेपाल र भियतनामबीच व्यापार, लगानी र नियमित संवादका लागि द्धिपक्षीय परामर्श संयन्त्र गठन कहिले गरिएको हो ?
सन् २०१९ मे ११

५. सरकारले कहिलेसम्म निकृष्ट प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्य तय गरेको छ ?
विसं २०७९

६. विसं. २०७४ को मदन पुरस्कार विजेता स्रष्टा को हुन् ?
निलम कार्की

७. सन् २०१८ सेप्टेम्बर २७ मा मनाइएको विश्व पर्यटन दिवसको नारा के थियो ?
टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन

८. जुम्लाका युवा टक्कबहादुर नेपालीद्धारा बनाइएको प्लाराग्लाइडिङ जुम्ली आकाशमा कहिले उडाईएको हो ?
विसं. २०७५ भदौ २०

९. माल्दिभसमा सन् २०१८ सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
इब्राहिम मोहमद सोलिह

१०. प्रदेश नं ४ लाई गण्डकी प्रदेशको नामकरण कहिले गरियो ?
२०७५ ज्येष्ठ २१

११. नेपाल र चीनबीच पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) मा कहिले सहमति भएको हो ?
सन् २०१८ सेप्टेम्बर ६

१२. फस्ट सिटिजनसिपको दर्जा प्रदान गरिएको जनताजति कुन हो ?
धिमाल

१३. सन् २०१८ जुन २८ देखि जुलाई १५ सम्म क्यानडामा आयोजित ग्लोबल टी – २० लिगमा छनोट हुन सफल नेपाली क्रिकेटर को हुन् ? सन्दीप लामिछाने

१४. फिफा वर्ष खेलाडी – २०१८ को उपाधि जित्ने खेलाडी को हुन् ?
लुका मोड्रिच (क्रोएसिया)

१५. इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान कहिले गरियो ?
विसं. २०७५ जेठ २१

१६. विसं. २०७४ को जगदम्बाश्री पुरस्कार विजेता स्रष्टा को हुन् ?
बाल साहित्यकार शान्तदास मानन्धर

१७. पहिलो पटक विश्व साइकल दिवस कहिले मनाइयो ?
सन् २०१८ जुन ३

१८. सरकारले पर्यटकीय स्थल ठमेल र दरबारमार्गलाई कहिलेदेखि २४ घण्टा नै खुलाउने निर्णय ग¥यो ?
विसं. २०७५ साउन १५

१९. प्रदेश नं ४ लाई के नामकरण गरिएको छ ?
गण्डकी प्रदेश

२०. विसं २०७५ साउन १ देखि मजदुरको न्यूनतम तलब कति हुने निर्धारण गरिएको छ ?
रु १३,४५०