महत्वपुर्ण सामान्य ज्ञान सम्बन्धि जानकारी

सामान्य ज्ञान - GK

१. युरो मिनी एक्सिलेन्स वेष्ट बैंक नेपाल – २०१८ बाट सम्मानित हुने बैक कुन हो ?
नेपाल इन्भेस्टमेन्ट बैक लिमिटेड

२. डा. उपेन्द्र देवकोटाको मृत्यु कहिले भएको थियो ?
विसं. २०७५ असार ४

३. नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि र चीनका राष्ट्रपति सी चीनफिङ्बीच भेटवार्ता कहिले सम्पन्न भएको थियो ?
विसं. २०७५ असार ५ ( सन् २०१८ जुन १९)

४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङउन बीच कहिले शिखर वार्ता भएको थियो ?
सन् २०१८ जुन १२

५. सबैभन्दा बढी पटक सगरमाथा आरोहणको कीर्तिमान राख्ने व्यक्ति को हुन् ?
कामिरिता शेर्पा (२२ पटक, सन् २०१८ मे मा)

६. साहित्यकार इन्द्र बहादुर राईको निधन कहिले भएको थियो ?
विस. २०७४ फागुन २२

७. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन ?
पूर्व स्ट्राइकर : जर्ज वेह

८. द इन्स्टिच्युट अफ चार्टर एकाउण्टेण्ट अफ नेपालबाट प्रदान गरिने द बेस्ट प्रिजेण्टेट अनुएल अवार्ड – २०१७ बाट सम्मानित हुने बैक कुन हो ?
सिटिजन्स बैक

९. विसं २०७५ मा प्रदान गरिएको गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तिको हुन् ?
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा

१०. सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु ग¥यो ?
वि.सं. २०७५ साउन २५

११. डान्स रियालिटी सो बुगीबुगीको पहिलो संस्करण जित्ने प्रतिभाको हुन् ?
कविता नेपाली

१२. सन् २०१८ जुलाईमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो ?
३ घण्टा ५५ मिनेट

१३. सन् २०२० को ओलम्पिक खेल कहाँ र कहिले हुँदैछ ?
टोकियो, जापान (सन् २०२० जुलाई २४ देखि अगस्ट ९)

१४. संघीय संसदको पहिलो बैठक कहिले बसेको हो ?
वि.सं. २०७४ फाल्गुन २१

१५. वि.सं. २०७५ मा प्रदान गरिने चित्तधर हृदय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
डा. योगेन्द्रप्रसाद प्रधान

१६. आइएम इ ग्लोबल आइएम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ?
नरेन्द्र श्रेष्ठ

१७. राष्ट्रिय कविता महोत्सव २०७५ मा प्रथम हुन सफल कविको हुन् ?
फूलमान बल

१८. वि.सं. २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौं एनएफडिसी राष्ट्रिय चलचित्र २०७४ सर्वोत्कृष्ट चलचित्रको उपाधि कुनले पायो ? शत्रुगते

१९. २०७५ को राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारको हुन् ?
वरिष्ठ पत्रकार भैरव रिमाल

२०. वि.सं. २०७४ को उत्कृष्ट जिल्ला समन्वय समिति कुन लाई घोषणा गरियो ?
दैलेख