PSC Officer vacancy 2076

PSC Officer vacancy 2076, १०९६ अधिकृतका लागि विज्ञापन

Government jobs

PSC Officer vacancy 2076 लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय र संसद सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ ।

व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ ।

officer vacancy 2076

परराष्ट्र सेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग छ ।

गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष उल्लेख्य संख्यामा विज्ञापन भएको हो ।

आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।

PDF डाउनलोड गर्न यहाँ थिच्नुहोस

पुरा बिज्ञापन हेर्नुहोस

PSC Officer vacancy 2076 1
PSC Officer vacancy 2076 1

PSC Officer vacancy 2076 2

Officer vacancy 2076-3

Officer vacancy 2076-4
PSC Officer vacancy 2076-4

Officer vacancy 2076-5

लोकसेवा सम्बन्धि विभिन्न जानकारीका लागि यो वेबसाइट https://sarakarijagir.com/  हेर्ने गर्नु होला

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *