gk in nepali

लोकसेवा तयारीको लागि महत्वपुर्ण सामान्य ज्ञान – इतिहास

सामान्य ज्ञान - GK

लोकसेवा आयोगले संचालन गर्ने निजामति सेवा, स्थानीय तह, बैंक तथा सार्वजनिक सस्थानको परीक्षाको लागि उपर्युक्त सामान्य ज्ञानहरु हेरेर शेयर गर्नु होला

१. यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएकी थिइन ?
> काजी भीम मल्लकी रानीले सति जाने बेला

२. सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ?
> प्रताप मल्ल

३. कसको शासनकालदेखि नेपालका राजाहरू बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन ?
> प्रताप मल्ल

४. रानी पोखरी र हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन?
> प्रताप मल्ल

५. छोरा चक्रपालेन्द्र मल्लको मृत्युशोकले पीडित रानीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ?
> वि.सं.१७२७

६. प्रजाको धुरीबाट धुंवा ननिस्कुजेल भोजन नगर्ने मल्ल राजा को थिए ?
> महिन्द्र मल्ल

७. तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन ?
> महिन्द्र मल्ल

८. महिन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ?
> महिन्द्र मल्ली

९. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन ?
> सिद्धिनरसिंह मल्ल

१०. भूपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ?
> भादगाउँ (भक्तपुर)

यो पनि हेर्नु होला ,

सामान्य ज्ञान

११. सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कन भगवानको हो?
> श्रीकृष्ण

१२. भूपतिन्द्र मल्ल कसका छोरा थिए ?
> जितामित्र मल्ल

१३. पशपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन ?
> यक्ष मल्ल

१४. विशाल काठमाडौँ (काठमाडौँः भादगाउँ, पाटन र कान्तिपुरमा विभाजन नभएको बेला) उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ ?
> यक्ष मल्ल

१५. समाजलाई ४ जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन ?
> जयस्थिति मल्ल

१६. गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ?
> जयस्थिति मल्ल

१७. पशपतिको आर्यघाट, बाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ?
> जयस्थिति मल्ल

१८. जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ?
> ४ भागमा (अब्बल, दोयम, सीम र चाहार)

१९. रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ?
> जयस्थिति मल्ल

२०. बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घरक्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हा?
> जयस्थिति मल्ल

यो पनि हेर्नु होला ,

महत्वपूर्ण सामान्य ज्ञान कृषि विकास बैंक तयारी

२१. नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ?
> जयस्थिति मल्ल

२२. राजघरानाको दाहसंस्कारमा दीपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ?
> जयस्थिति मल्ल

२३. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ?
> अनन्त मल्ल

२४. बनेपा, पनौती, नाला, धुलिखेल, साँगा आदि शहरहरूको निर्माण कसले गरेका हुन् ?
> अनन्त मल्ल

२५. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ?
> जगज्योति मल्ल

२६. अरनिको चीन कहिले गएका थिए ?
> वि.सं. १३१७

२७. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ?
> राजा प्रचण्डदेव

२८. लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ?
> पसल खोल्दा लाग्ने कर

२९. लाजिम्पाटस्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ?
> मानदेव

३०.पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ?
> अभय मल्ल

यो पनि हेर्नु होला ,

पढ्नु पर्ने सामान्य ज्ञान

३१. भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ?
> यक्ष मल्ल

३२. लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ?
> डोलाजी

३३.भक्तपुरमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रथ निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हन? ,
> जगज्योति मल्ल

३४. मल्ल राजाहरूको इष्टदेवी कुन देवीलाई मानिन्छ ? .
> तलेजु भवानी

३५. सुमति कन राजाको उपनाम हो ?
> जितामित्र मल्ल

३६. नेपालको इतिहासमा मण्डलेश्वर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर सलाई चिनिन्छि ?
> श्रीनिवास मल्ल

३७. तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ?
> नान्यदेवले

३८. यक्ष मल्ल कसका छोरा थिए ?
> ज्योती मल्ल

३९. राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ?
> ३ भाग (शहरको घर, गल्लीको घर, गल्लीभित्रको घर)

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *