public relation in banking sector

बैकिड क्षेत्रमा जनसम्पर्कको भूमिका तथा महत्व

बैंकिंग

बैकिड क्षेत्रमा जनसम्पर्कको भूमिका तथा महत्व

बैंकिङ्ग क्षेत्रमा जनसम्पर्कको अत्यन्तै महत्वपूर्ण स्थान रहेको हुन्छ । जनसम्पर्क बिना आधुनिक वाणिज्य बैंकहरूले संगठनको लक्ष्य प्राप्त गर्न अत्यन्तै चुनौतिपूर्ण रहेको हुन्छ । समग्र बैंकिङ्ग क्षेत्रमा जनसम्पर्कको महत्व तथा भूमिका यस प्रकार प्रस्तुत गर्न सकिन्छ ।

१. ग्राहकहरूसंग सुमधुर सम्बन्ध स्थापना गरी दिगो सम्बन्ध स्थापित गर्न ।

२. वचत परिचालन र कर्जा लगानीको सम्भाव्यता अध्ययन गर्न ।

३. कर्जा लगानी र असूलीलाई व्यवस्थित रुपले संचालन गर्न ।

४. वाणिज्य बैंकिङ्ग गतिविधि र नयाँ नयाँ बैंकिङ्ग उपकरणहरूको सम्बन्धमा जनतालाई सुसूचित गर्न ।

५. संगठनको आन्तरिक कार्य प्रणालीमा पारदर्शिता अभिबृद्धि गर्न र संगठनको बाहिरी वातावरणमा देखिएका परिवर्तनलाई संगठनको वातावरण अनुकुल गर्न ।

६. बजारको प्रतिस्पर्धात्मक रणनीतिलाई अध्ययन गर्न, बैंकमा प्रवेश गर्ने व्यक्ति र ग्राहकसंग सुमधुर सम्बन्ध स्थापित गर्न ।

७. बैंकमा लगानी गर्ने शेयरहेल्डरहरूलाई कार्यसम्पादनको बारेमा सुसूचित पार्न ।

८. बैंकले कानून, नियम र निर्देशनअनुसार पालना गर्नपर्ने कर्तव्य तथा दायित्वलाई जिम्मेवारीपूर्ण रुपले पुरा गर्न ।

९. नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूसँग सुमधुर सम्बन्ध स्थापित गरी आपसी सहयोग र सम्बन्धबाट लक्ष्य प्राप्त गर्न ।

१०.बैंक र बैंकको कार्य प्रणाली सम्बन्धमा आवश्यक जिज्ञासा र जानकारी राख्न चाहने सबै व्यक्ति वा संस्थाहरूलाई जानकारी प्रदान गर्न, बैंकको भावी रणनीति कार्यक्रम र योजनाको बारेमा सर्वसाधारणलाई जानकारी दिन ।

११. जनसम्पर्क र जनसहभागिताको सम्बन्धबाट मानव श्रोत व्यवस्थापनका पक्षहरूलाई विकास गर्न, संगठनात्मक संचार प्रणालीलाई आधुनिकिकरण तुल्याउन, निर्णय प्रकृया र नेतृत्व प्रणालीमा दुरदर्शी दृष्टिकोण अपनाउन एवं ग्राहकहरूसँग निरन्तर सम्पर्क स्थापित गरी कार्य संचालन प्रणालीलाई आधनिक तरिकाबाट व्यवस्थापन गर्न ।

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *