निजामतीमा खस–आर्यलाई पनि आरक्षण, अब महिला सहभागिता २४.५ प्रतिशत

समाचार
  • आरक्षणबारे राज्य व्यवस्था समितिमा सहमति
  • खस–आर्य २८, आदिवासी जनजाति २६, मधेसी १६, दलित १३, थारू पाँच, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्ति चार–चार प्रतिशत आरक्षण
  • निजामती सेवामा अब खस–आर्यका लागि पनि आरक्षणको व्यवस्था गर्न लागिएको छ भने महिलाका लागि आरक्षण बढाइने भएको छ ।
  • महिलाका लागि यसअघि १५ प्रतिशत रहेकोमा अब २४.५ प्रतिशत आरक्षण पुर्‍याइँदै छ । 
  • खुला प्रतियोगिताबाट हुने पदपूर्तिमा अहिले ४५ प्रतिशत सिट आरक्षणतर्फ रहेको छ । अब यो ४९ प्रतिशत पुर्‍याइनेछ भने त्यसमा ५० प्रतिशत महिलाका लागि हुनेछ ।
  • समिति सभापति शशी श्रेष्ठले भनिन्, ‘४९ प्रतिशतलाई शतप्रतिशत मानेर त्यसमा आधा सिट महिलाका लागि छुट्याउने सहमति भएको छ ।
  • नयाँ व्यवस्थाअनुसार विभिन्न समुदायका महिलाको प्रतिनिधित्व पनि बढ्ने भएको छ । यसअघि ४५ प्रतिशतमध्ये ३३ प्रतिशत महिलाका लागि छुट्याइन्थ्यो । अब दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको वर्ग र अपांगता भएका समुदायलाई हुने आरक्षणमध्ये पनि ५० प्रतिशत सोही समुदायका महिलालाई अनिवार्य गरिएको छ ।

यो सम्बन्धि पुरा समाचार नया पत्रिका मा पढ्न सक्नु हुने छ : पढ्नको लागि यहाँ क्लिक गर्नु होला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *