gorkhapatra gyan sagar

Gorkhapatra Gyan Sagar गोरखापत्रको लोकसेवा तयारी सामग्री

सामान्य ज्ञान - GK

लोकसेवा तयारीको लागि गोरखा पत्रमा प्रकाशित गोरखा पत्र ज्ञान सागर (gorkhapatra gyan sagar) अन्तर्गत प्रकाशित नबिनतम सामान्य ज्ञान :-

१. लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?
– विक्रम संवत् २०७७ असार ९
– २०७५ पुस २४ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।
– पारित विधेयक अनुसार आयोगले कानुनी रूपपा अब सङ्गठित संस्था, सुरक्षा निकाय र अन्य संस्थाको समेत पदपूर्तिको परीक्षा सञ्चालन गर्नेछ ।
– यस्तै, आयोगले ती निकायको पाठ्यक्रम पनि तयार पार्नेछ । सोही पाठ्यक्रमअनुसार नै लिखित परीक्षा सञ्चालन, आयोगले तोकेको कार्यविधिअनुसार नतिजा प्रकाशन लगायतका काम अगाडि बढ्नेछन्।
– विधेयकअनुसार अब लोकसेवाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका ५० प्रतिशत वा सोभन्दा बढी सेयर वा जायजेथापा नेपाल सरकारको स्वामित्व रहेको संस्थान, कम्पनी, बैङ्क, सपितिको पदपूर्तिका पाठ्यक्रम निर्धारण र परीक्षा सञ्चालन गर्नेछ ।
– यसैगरी, सङ्घीय कानुनबमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र अन्य सङ्गठित संस्थाको पनि पदपूर्तिलगायतका काम गर्नेछ ।
– त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विधागको पनि पाठ्यक्रम निर्धारण तथा परीक्षा सञ्चालन गर्नेछ ।
– विधेयक पारित भएसगै प्रदेशमा गठित लोकसेवा आयोग पनि क्रियाशील हुनेछन् ।

२. केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीअनुसार २०७७ असार १२ मा नेपालको जनसङ्ख्या कति पुगेको छ ?
– तीन करोड ६३४ १
– ११औं राष्ट्रिय जनगणना, २०६८ को वृद्धिदरमा आधारित पूर्वानुपान अनुसार २०७७ असार १२ पा नेपालको जनसङ्ख्या तीन करोड नाघेको ।
– राष्ट्रिय जनगणना २०६८ को जन्मदर , मृत्युदर र बसाइँ सराइ दरका आधारमा जनसङ्ख्या पूर्वानुपान गरिएको ।

३. सन् २०२० जुनमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुन सफल राष्ट्र कुन-कुन हुन् ?
– भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे
– ती राष्ट्रहरू सन् २०२१-२०२२ को कार्यकालका लागि राष्ट्रसङ्घ महासभाबाट चयन भएका ।
– एक सय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका थिए ।
– राष्ट्रसङ्घ सुरक्षा परिषदमा स्थायी पाँच र अस्थायी १० गरी कुल १५ सदस्य हुन्छन् ।
– पाँच पुलुकहरू अमेरिका, बेलायत, फ्रान्स, चीन र रूस सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र हुन् भने बाँकी १० अस्थायी सदस्यहरू निर्वाचनबाट छनोट हुने व्यवस्था छ ।

४. विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा विश्व प्रतिजैबिक सचेतना सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
– सन् २०१५
– हरेक वर्ष नोभेम्बर महिनामा एक साताभरि प्रतिजैविक सचेतना सप्ताह मनाइँदै आएकोमा सन् २०१९ मा पनि नोभेम्बर १८-२४ सम्म विभिन्न कार्यक्रमहरू गरी सचेतना सप्ताह मनाइएको ।
– जीवाणुहरूले यसरी प्रतिजैविक औषधिहरूविरुद्ध प्रतिरोध विकास गर्नमा चिकित्सक र पशु चिकित्सकहरूको सिफारिसविना मानिस र पशुपक्षीहरूमा आवश्यकताभन्दा बढी प्रतिजैविक औषधिहरूको प्रयोग, चाहिनेभन्दा कम वा बढी मात्रामा प्रयोग, अस्पतालहरूमा सङ्क्रमण रोकथाम सम्बन्धी अपर्याप्त व्यवस्थापन, अस्पतालहरूबाट उत्पादन हुने फोहोरहरूको उचित व्यवस्थापन नहुनु र पछिल्लो ३० वर्षयता कुनै पनि नयाँ समूहका प्रभावकारी प्रतिजैविक औषधिहरू आविष्कार हुन नसक्नु आदि मुख्य कारण रहेको ।
– हाल विश्वभर प्रतिजैविक औषधिहरूले काम नगरेका कारण बर्सेनि सात लाख पानिसको मृत्यु भइरहेको र यदि नियन्त्रणका लागि ठोस कदमहरू नचाल्ने हो भने यो सख्या बढेर सन् २०५० सम्ममा बर्सेनि एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको ।

५. नेपाली पोर्टको शुभारम्भ कहिले भएको हो ?
– विस २०७६ माघ १३
– अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित गर्नका लागि तयार पारिएको सफ्टवेयरलाई नेपाली पोर्ट भनी चिनिने ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित १३ अध्यागमन कार्यालयहरूमा यो सफ्टवेयर जडान गरिएको ।

६. एसिया सोसाइटीद्वारा प्रदान गरिएको ‘एसिया गेम चेन्जर अफ दी इयर’को उपाधिबाट कसलाई सम्मान गरियो ?
– मीरा राई

७. प्रदेश १ सरकारले कुन स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ?
– माईजोगमाई गाउँपालिका-२, इलाम

८. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
– जुन २१
– सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको ।
– नेपालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको ।

९. समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन कहिले भएको हो ?
– विसं २०७७ असार ६

१०. ‘एक वडा एक व्यायामशाला’ निर्माणको योजना अघि बढाउने स्थानीय तह कुन हो?
टोखा नगरपालिका

नियमित र रुपमा गोरखापत्र ज्ञान सागर ( gorkhapatra gyan sagar) मा प्रकासीत सामग्री हेर्न www.sarakarijagir.com हेर्ने गर्नु होला

११. संयुक्त राष्ट्रसङ्घद्वारा नीलो आकाशका लागि सफा हावा दिवस कहिले मनाउने गरिन्छ ?
सेप्टेम्बर ७ (यो दिवस सन् २०२० देखि पनाउने निर्णय भएको ।)

१२. ‘पुतली घर’ नामक कृतिका लेखक घनश्याम खड्का हुन् भने ‘सयौं पुतली’ नामक कृतिका लेखक को हुन् ?
– उपा सुवेदी

१३. नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका राष्ट्रहरू कति छन् ? 3 ११ –
१. भारत २. चीन ३. बङ्गलादेश ४. श्रीलङ्का ५. पाकिस्तान ६. कतार ७.दक्षिण कोरिया ८. नर्वे ९. थाइल्यान्ड १०. अस्ट्रिया ११. पौरिसस

१४. मलेसियामा सुल्तान अब्दुल्लाह अहमद शाह नयाँ राजाका रूपमा कहिले निर्वाचित हुनुभयो ?
– सन् २०१९ जनवरी २४

१५. अन्तर्राष्ट्रिय मातृभाषा दिबस कहिले मनाइन्छ ?
– फेब्रुअरी २१
– सन् २०२० मा यो दिवस ‘ल्याङ्वेज विथआउट बोर्डर’ नाराका साथ मनाइएको ।
– यो दिवस सन् २००० देखि पनाउन थालिएको ।

१६. नेपालमा दोस्रोपटक प्रदेश प्रमुखहरूको नियुक्ति कहिले गरियो ?
– विसं २०७६ कात्तिक १८

१७. हाल नेपाल राष्ट्र बैङ्कको गभर्नर को हुनुहुन्छ ?
– महाप्रसाद अधिकारी
– मन्त्रिपरिषदको २०७६ चैत २४ को बैठकले अधिकारीलाई पाँच वर्षका लागि १७ औं गपर्नरका रूपमा नियुक्त गरेको ।

१८. लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको निशान छापमा समेट्ने सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
– विसं २०७७ असार ४

१९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग समेटिएको नयाँ नक्सा कहिले सार्बजनिक गरेको हो ?
– विसं २०७७ जेठ ७
– १८१६ पार्च ४ को सुगौली सन्धिअनुसार नेपालले पश्चिम सीमाबिन्दु लिम्पियाधुरासम्पको भू-भाग नयाँ नक्सामा समावेश गरिएको।
– सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा अतिक्रमित भूमि सपावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्ने बताएको थियो ।
– २०७७ जेठ ४ पा बसेको पन्त्रिपरिषद बैठकले नेपालको अद्यावधिक नक्सा स्वीकृत गरी लागू गर्ने निर्णय गरेको थियो।
– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुपारी अर्यालद्वारा नेपालको नयाँ नक्सा (राजनीतिक र प्रशासनिक) सार्वजनिक गरिएको ।

२०. सन् २०२० को पुलिटजर पुरस्कार कसलाई प्रदान गरियो ?
– अमेरिकी लेखक कोल्सन ह्वाइटहेड

यो पनि हेर्नु होस् , गोरखापत्र ज्ञान सगर ( gorkhapatra gyan sagar) अन्तर्गत गोरखापत्र मा प्रकाशित लोकसेवा तयारी सामाग्री

२१. कोरोना परीक्षणमा प्रयोग हुने विधि आरडीटीको पूरा रूप न्यापिड डाइग्नोस्टिक टेस्ट हो भने पीसीआरको पूरा रूप के हो ?
पोलिपर्स चेन रिएक्सन

२२. बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री पीपीईको
पूरा रूप के हो ?
पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (व्यक्तिगत सुरक्षा उपकरण)

२३. कोभिड-१९ विरुद्ध अग्रपतिमा खटिएका संसारका उत्कृष्ट पाँच महिलाको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हो ?
– डा. रुना झा (निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) – (युएन विमेन’ले उहाँलाई सो सूचीमा समावेश गरेको ।

२४. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
– सन् २००९
विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको ।
– सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने।
– विश्वमा २३ प्रजाति र दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइने ।
– नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देश भर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको ।

२५. नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ?
– विसं २०६६ मङ्सिर १ गते – (यसअघि नेपाली भाषामा मात्र नागरिकता दिइन्थ्यो ।)

२६. पर्वतको कुश्मादेखि बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्मित एसियाकै पहिलो तथा विश्वकै दोस्रो अग्लो बन्जी जम्पको उद्घाटन कहिले गरिएको हो ?
– विस २०७६ माघ १६
– (सो बन्जीजम्प २२८ मिटर उचाइको रहेको)

२७. नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
– सन् १९९६

२८. नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ?
– विस २०७४ पुस २८
– स्थलमार्गबाट रसुवा हुँदै अप्टिकल फाइवरमार्फत इन्टरनेट कनेक्सन जोडिएको ।
– अब विश्व परिवेशमा नेपालको सूचना मार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको ।

२९. नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक बाइड बडी जहाज कहिले भित्र्याएको हो?
– विस २०७५ असार १४

३०. नेपाल-भारत प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ? डा. भेषबहादुर थापा (भारततर्फबाट भगतसिह कोसियारी)

साभार : गोरखापत्र गोरखापत्र ज्ञान सागर ( gorkhapatra gyan sagar) ले लोकसेवा तयारी गर्नेहरुको लागि महत्वपुर्ण सहयोग पुर्याएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *