लोकसेवाको परीक्षा तयारिको लागि गोरखापत्र मा प्रकाशित महत्वपूर्ण बस्तुगत प्रश्न उत्तर

गोरखापत्र सामान्य ज्ञान - GK

२०७५ मंसिर १२ गते गोरखापत्र मा प्रकाशित महत्वपूर्ण बस्तुगत प्रश्न उत्तर

१. योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली मन्त्रिपरिषद बाट कहिले पारित भएको हो?

——— विसं २०७५ कार्तिक २५

२. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ?

———— धारा ३४

३. नेपालमै पहिलोपटक ह्याकरहरुको अन्तर्राष्ट्रिय सम्मेलन कहिले आयोजना गरियो ?

———– विसं २०७५ मंसिर ६ र ७

४. महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०१९ को आयोजक राष्ट्र कुन हो ?

———नेपाल

५. संयुक्त राष्ट्रसङ्घको वातावरणीय कार्यक्रम अन्तरगत एसिया इन्भाइरोमेन्टल इन्फोर्समेन्ट AWARD 2018 बाट पुरस्कृत नेपाली सरकारी निकाय कुन हो ?

———- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

६. संयुक्त राष्ट्रसंघ अन्तर्गतको थिंक ट्यांकको सचिवालय कहाँ छ ?

————- मङ्गोलिया

७. युरोपेली सङ्घ इयु बाट बेलायतको बहिर्गमन ब्रेक्जिट सम्झौता इयुद्वारा कहिले अनुमोदन गरियो ?

———  सन् २०१८ नोभेम्बर २५

८. वि. सं २०७४ फागुन मसान्त सम्म नियमित प्रसारणमा रहेका एफएम रेडियो प्रसारण केन्द्र कति छन्?

——–६२७ ( प्रसारणको इजाजत प्राप्त एफम रेडियो ८७२)

९. हरेक दिन रेडियो नेपालले आफ्नो प्रसारण सेवा कति अवधिसम्म सञ्चालन गर्छ?

—— चौबिसै घण्टा

१०. SEE को पुरा रुप के हो?

———- सेकेन्डरी एजुकेसन एक्जाम

११. राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटन कैहिले भएको हो ?

———–वि. सं २०७४ माघ २७

११. नेपालको पहिलो विद्यार्थी आन्दोलनको सम्झनास्वरुप जयतु संस्कृतम् दिवस कहिले मनाइयो ?

——– वि सं २०७४ असार १

१२. सन् २०१८ मा वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी -ट्वेन्टी महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो ?

————- अस्ट्रेलिया उपविजेता इंग्ल्याण्ड

१३. बीबीसी द्वारा सन् २०१८ नोभेम्बरमा सार्वजनिक प्रतिवेदन अनुसार विश्वका प्रतिभाशाली महिलाको सूचीमा पर्न सफल नेपाली महिलाको हुन् ?
——— उमा बादी

१४. नेपालमा पहिलोपटक आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भएको हो?

———-वि सं २०७३ जेठ १९

१५. अन्तराष्ट्रिय अभियानको रुपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ?

——– नोभेम्बर २५ – डिसेम्बर १०

१६. सफल बन्नका लागि होइन वरु मूल्यवान बन्नका लागि संघर्ष गर भन्ने भनाइ कसको हो?

———- अल्बर्ट आइन्स्टाइन

१७. मानव शरीरको अङ्ग प्रत्यारोपण नियमित तथा निषेध नियमावली २०७३ कहिले जारी भएको हो?

———— विसं २०७३ मंसिर १६

१८. हाल नेपाल का कति जिल्ला सदरमुकाममा बाटोको पहुँच पुगेको छ?
———-७६

१९. नेपाल बैंक लिमिटेड को स्थापना कहिले भएको हो ?

———वि सं १९९४ कार्तिक ३०

२०. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कति पनि ढिला भएको छैन भन्ने विचारक को हुन् ?
——– जर्ज इलियट

२१. अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको प्रधान कार्यालय कहाँ रहेको छ ?

——– जेनेभा स्वीजरल्याण्ड

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *