लोकसेवाको परीक्षा तयारिको लागि 100 भन्दा बढी  सामान्जाय ज्ञानको जानकारी एकै ठाउमा

सामान्य ज्ञान - GK

लोकसेवा आयोग को तयारि गरिरहनु भएका तपाई सम्पूर्णको लागि उपर्युक्त 100 भन्दा बढी  जानकारीहरु एकै ठाउमा ।

अधिकृत , ना शु , खरीदार साथै नेपाल राष्ट्र बैंकको परिक्षाको तयारीको लागि एकदम उपर्युक्त जानकारीहरु  ।

1. अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी विमान कुन  हो ?

———-कोरोना

2. भारतको पहिलो अन्तरिज्ञ यान आर्यभट्ट कहाँ बाट प्रक्षेपण गरिएको थियो ?

———-रुसको बोअर्स लेक

3. बेलायतका प्रथम अन्तरिक्ष यात्री  को हुन  ?

——–एरियल

4. सन 1962 मा अमेरिकाले अन्तरिक्षमा पठाएको चिम्पान्जीको नाम के  थियो ।

——-एनो

5. कुन मितिमा अमेरीकी एपोलो र रुसी सोयुज नामक अन्तरिक्ष यान अन्तरिक्षमै मिलन भइ यात्रीहरुले शुभकामनाका साथै राष्ट्रिय झण्डाहरु आदानप्रदान गरेका थिए ।

———सन् 1975 जुलाइ 17

6. चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान कुन   हो  ? (सन्1959)

——-लुना २

7. अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार तोयोहिरो आकिया ,कुन देशका नागरिक हुन ?

——–जापान

8. भोस्तोक 1 नामक यानबाट प्रथम अन्तरिक्ष यात्री युरी गागरिन कहिले  अन्तरिक्षमा पुगेका थिए ?

————- सन् 1961 अप्रिल 12 मा

9. युरी गागरिन कुन देशका नागरिक थिए ?

———रुस

10. अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स ,जापान , चिन र भारत हुन् ।

11. अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति को  हुन् ?

————रुसका अलेक्सी लियोनेभ 

12. एपोलो -11 नामक यान बाट अन्तरिक्षमा गएर पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति को  हुन् ?

———-माइकल कोलिन्स

13. नोभेम्बर 26 , 2011 मा अमेरिकाले मंगल ग्रहमा पठाएको रोभर क्युरियोसिटि कहिले  मंगल ग्रहमा अवतरण गरेको थियो ?

———–अगस्त 6, 2012 मा

14. सूर्यबाट चौथो नजिकको ग्रह मंगल सौर्यमण्डलको कतिऔ ठूलो ग्रह हो ?

———–सातौ

15. मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान कुन  हो ?

——–—-भाइकिङ 1

16.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई के  भनिन्छ ?

—–—डेथ जोन

17.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो ।

18. विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।

19. विश्वकै सबभन्दा ठूलो हिराखानि कुन  हो जुन अफ्रिकामा पर्दछ ?

———-किम्वरखान

20. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।

21.विश्वकै लामो पर्वतमाला कुन  हो जुन दक्षिण अमेरिकामा पर्दछ ?

———एन्डिज पर्वतमाला

21.  विश्वकै अग्लो स्थानमा रहेको राजधानी कुन हो ?

———–बोलिभियाको लापाज

22. रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।

23. सबैभन्दा पछि पत्ता लगाईएको महादेश कुन  हो ?

———–अन्टार्कटिका

24. रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक कुन  हो ?

———-युक्रेन

25. युरोप र एशियालाइ संयुक्त रुपमा के  भनिन्छ ?

——-युरेसिया

26. प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग कुन  हो ?

——-–मारियाना ट्रेन्च

27. मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर छ ।

28. विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ ।

29. साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ ।

30. साढे 23॰ दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ ।

31. साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ ।

32. साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ ॰

33. अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1॰ हुन्छ ।

34. 1॰ अक्षांशको फरकमा सरदर कति  किलोमिटर दुरीको फरक पर्दछ ?

———-111 किमी 

35. नेपालको प्रामाणिक समय 86॰15 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर कहिले बाट लागू गरिएको हो ?

———–2042 बैशाख 1 गते

36. एउटै सतहमा रहेका दुइ स्थान वा वस्तुको दुरीलाई के भनिन्छ ?

———क्षितिज दूरी

37. दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ ।

38. सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।

29. हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन कति  रेक्टर स्केलको थियो ?

———-9.5 रेक्टर स्केल

40. वि सं 1890,1990,2045 र 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 र 6.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।

41. ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी के को कारणले आउँदछ ?

———-भुकम्पको कारणले

42. पृथ्वीको भित्रिभागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ म्याग्मा हो भने ज्वालामुखि बिस्फोटन पछि पृथ्वीको सतहमा आएको म्याग्मा लाइ के भानिन्छ ?

———-लाभा

43. लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ के भनिन्छ ?

———— क्रेटर

44. ज्वालामुखि सकृय , सुषुप्त र मृत गरी तिन प्रकारका हुन्छन् ।

45.पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?

———–4200 J/kg ॰C

46. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?

———–अल्वर्ट आइन्सटाईन

47. नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?

———– 10 भाग 77 धारा 3 अनुसूची

48. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?

————-वि स 2011 सालमा

49. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?

———-बाँके

50.कति सालको जनगणना देखि पहाडमा भन् थालेको हो ?

———-2048 साल

51. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?

———-4 वटा

52. राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन् ?

——–21.03%

53. वि सं 2068 मा लिइएको जनगणना कतिऔँ हो ?

——-एघारौ

54. 2013 को आइसिसि डिभिजन 3 को खेल कुन देशमा भएको थियो  ?

———बर्मुडा

55. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?

———-सन् 1945

56. नेपाल पिक कुन जिल्लामा पर्छ ?

———-ताप्लेजुङ

57. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?

———-झापा

58. खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b²

———- 2ab

59. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?

————नली (neck)

60. π(Pai) को मान कती हुन्छ ?

———-22/7

61. नेपाल ले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो?

———–बेलायत

62. बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?

————-july 11

63. विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?

———–झाँगड

64. विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?

————-Early Bird

65. कहिल्यै पात नझर्ने वनस्ती कुन हो?

————खजुर

66. 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?

————1

67. ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?

————अलैँची

68. अखिल नेपाल फुटबल सङ्घ एन्फामा कति जिल्ला सदस्य छन् ?

———–45 jilla

69. 2069 सालको राष्ट्रिय कलाश्री पुरस्कार कसलाई प्रदानगरियो ?

—————–राजेन्द्र विमल

70. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ?

———-273

71. नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।

72. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।

73. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।

74. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।

75. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।

76. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे – फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।

77. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।

78. नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।

79. नेपालको माटोलाइ मोटामेटि पाँगो , बलौटे पत्थरिलो , रातो फुस्रो ,तलैया र हिमाली माटो गरि 5 भागमा बाँडिएको छ ।

80. नेपालमा हालसम्म सुन उत्खनन् का लागि 41 वटा कम्पनीले अनुमती पाएका छन् ।

81. माछापुच्छ्रे हिमालमा वि सं 2020 फागुन 5 गते आरोहण प्रतिबन्ध लगाइएको थियो ।

82. विश्वकै सबैभन्दा लामो पदयात्रा ‘ग्रेट हिमालयन ट्रेल हो ।

83. ग्रेट हिमालयन ट्रेलको लम्बाइ 4500 कि मि रहेको छ ।

84. सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन ।

85. छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।

86. तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भधिन्छ ।

87. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ सगरमाथा नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।

88. नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो ।

89. नेपालमा सन् 1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो । पहिलो आरोहण प्रयास गरिएको हिमाल अन्नपूर्ण हो ।

90. सगरमाथा अरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम , दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।

91. सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।

92. ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।

93. सगरमाथा 27॰59′ उत्तरि अक्षांश र 86॰55′ पूर्वी देशान्तरमा पर्दछ ।

94. नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।

95. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्  ।

96.पूर्व प्रधानमन्त्री मरिचमानको निधन कहिले भयो ?

———-२०७० साउन ३१

97.अभागी राजा भनेर कुन मल्ल राजालाई भनिन्छ ?

———जयप्रकाश मल्ल

98.सामाजिक संजाल Face book कहिले देखि संचालमा आएको हो ?

———-सन् २००४

99.बर्मा भारतबाट कहिले टुक्रिएको थियो ?

———सन् १९३७

100.विश्वको सबैभन्दा ठूलो रंगशाला कहाँ पर्छ ?

———-उत्तर कोरियो

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि  www.sarakarijagir.com  मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि  https://www.facebook.com/preparationbank मा click गर्नु होला धन्यबाद ।

1 thought on “लोकसेवाको परीक्षा तयारिको लागि 100 भन्दा बढी  सामान्जाय ज्ञानको जानकारी एकै ठाउमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *