SWOT Analysis भन्नाले के बुझिन्छ ?

अधिकृत

SWOT Analysis भन्नाले के बुझिन्छ ?

यसले कुनै पनि प्रशासनिक संगठन वा व्यवस्थापनमा रणनितिक योजना तय गर्न के-कस्तो भुमिका खेल्छ ? चर्चा गर्नुहोस ?

Strength,Weakness,Opportunity र Threats को संछिप्त रुपलाई SWOT भनिन्छ । कुनै पनि संगठन वा व्यवस्थापनमा नयाँ निति नियम,रणनितिक योजना आदि निर्माण गरिदा SWOT analysis गर्ने गरिएको पाईन्छ।

अर्को अर्थमा कुनै पनि प्रशासकिय संगठन वा व्यवस्थापन सबलता, दुर्बलता, अबसर तथा चुनौतिहरुको पहिचान र अध्ययन गर्ने कार्यलाई SWOT analysis भनिन्छ । यस सम्बन्धमा R.Griffin भन्दछन,”स्थिर बिश्लेपण (SWOT analysis)भनेको साबधानिपुर्वक संगठनका सबलता र दुर्बलताको मुल्याङ्कनको साथै वातावरणिय अवसर र चुनौतिहरुको पहिचान हो । SWOT analysis बिना गरिएका योजनाहरु कार्यन्वयन गर्न सकिदैन र जस्को प्रतिफल प्राप्त गर्न पनि सकिदैन ।

निम्न प्रक्रियाहरुको पालना SWOT analysis मा गर्ने गरिन्छ ।

१. वातावरणिय पक्षको पहिचान ।

२. अवलोकनको स्रोत पहिचान ।

३. सूक्ष्म परीक्षण बिधिको छनोट ।

४. तथ्याङ्क संकलन र सूक्ष्म परीक्षण ।

SWOT Analysis को अध्ययन प्रकिया…

१. सबल पक्ष :

-संगठनको संरचना

-मानविय संसाधन

-कार्य संस्कृति

-दूरदृष्टि

-लक्ष्य

-कार्मचारिको कार्यदक्षता

-अार्थिक अनुशासन

-लागत

-ट्रेडमार्क

-गुडविल

-बजार र ग्राहकको अवस्था

२. दुर्बल पक्षहरु :

-कर्मचारिमा विधमान कमजोर पक्ष

-मनोवैज्ञान-मनोवैज्ञानिक स्थिती

-कमजोर कार्यदक्षता

-कमजोर उत्पादकत्व

-खराब शाखा

-आवश्यक ज्ञानको कमि

-सिप

-स्पस्ट मार्गचित्रको अभाब

३. अवसरहरु

-नयाँ बस्तुको उत्पादन

-बजारिकरण

-गुणस्तर सुधार

-ग्राहकको मागमा सुधार

-अार्थिक वाभ

-उत्पादनमा बिबिधिकरण अादि

४)चुनौतिहरु

-प्रतिस्पर्धा

-साधन र स्रोतको कमि

-निरन्तर परिवर्तन भईरहने प्रवृति

-नयाँ नियम लागु हुनु

-सेवा वा बस्तु प्रतिस्थापन हुनु

-ईमान्दारिताको कमि

-राजनितिक वातावरणको हस्तक्षेप

कृपया लाइक तथा शेयर गर्नु होला ।

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/preparationbank मा click गर्नु होला धन्यबाद ।