Nepal Rastra Bank vacancy notice

नेपाल राष्ट्र बैंकले नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने सम्बन्धमा रहेको प्रावधान बारे लेख्नुहोस |

बैंकिंग

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम नेपाल राष्ट्र बैंकले नियमन गर्ने क्षेत्राधिकार तथा निरीक्षण र सुपरिवेक्षण गर्ने सम्बन्धमा रहेको प्रावधान बारे लेख्नुहोस |

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा :

नेपाल राष्ट्र बैंकले नियमन गर्ने क्षेत्राधिकारको बारेमा दफा ७९ मा उल्लेख छ |

बैंकिंग तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रण बारेमा दफा ८० मा उल्लेख छ भने राष्ट्र बैंकले बैंकिंग तथा वित्तीय सस्थालाई गर्ने निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा दफा ८४ मा उल्लेख गरिएको छ |

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को  दफा ७९ अनुसार : बैंकले नियमन गर्ने

१. बैंकलाई बाणिज्य बैंक तथा वित्तीय सस्थाको काम कारवाही नियमन गर्ने पूर्ण अधिकार हुनेछ |

२. उपदफा १ बमोजिम नियमन गर्ने सम्बन्धमा बैंकले आवस्यक देखेका विषयमा नियम तथा विनिमय बनाउन र आवस्यक आदेस, निर्देशन तथा सूचना जारि गर्न सक्नेछ र त्यस्तो नियम तथा विनियम र आदेश, निर्देशन तथा सुचनाको पालना गर्नु सम्बन्धित बैंक तथा वित्तीय सस्थाको कर्तब्य हुनेछ |

३. बैंकले देहायका विषयमा बाणिज्य बैंकलाई आवश्यक निर्देशन जारि गरि देहायका विवरण पेश गर्न लगाउनेछ :

(क) वासलातभित्रको लेखा तथा हिसाब किताब, वासलात बाहिरको हिसाब किताब वा बचनबद्दता  र आम्दानी खर्चको विवरण र तिनीहरुको लेखा शिर्षकसंगको अनुपातिक विवरण |

(ख) बैंकले तोकेको सीमाभित्र नपरेका विशेस प्रकारको कर्जा वा लगानीका सम्बन्धमा लगाइएको शर्त, प्रतिबन्ध वा निषेध वा त्यस्ता कर्जा वा लगानी तथा जोखिम व्यहोर्ने प्रकृतिको वचनबद्दता, सम्पत्ति र दायित्वको आवधिक मिलान र वासलात बाहिरका शिर्षक, विदेशी मुद्राको स्थिति, स्पस्ट र अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै प्रकारका अन्य उपकरण र बिद्ध्युतीय वा अन्य भुक्तानी प्रणालीका अन्य प्रक्रिया |

(ग) बैंकले तोकेको अन्य विवरण तथा कागजात |

४. बैंकले देहायका विषयमा वित्तीय सस्थालाई आवश्यक निर्देशन जारि गरि देहायका विवरण पेश गर्न लगाउनेछ :

(क) लेखा हिसाब किताब, नाफा नोक्सान हिसाब किताब, वासलात र वासलात बाहिरको कारोबार र बचनबद्दता र आम्दानी खर्चको विवरण तथा सोको लेखा शिर्षकसंगको अनुपातिक विवरण

(ख) विशेष प्रकारको कर्जा वा लगानीका सम्बन्धमा लगाइएको शर्त, प्रतिबन्ध वा निषेध वा बैंकले तोकेको सिमा भन्दा बढीको कर्जा वा लगानी, जोखिमपूर्ण बचनबद्दता, विदेशी मुद्राको स्थिति, भुक्तानी र भुक्तानी प्रणालीका विद्युतीय वा अन्य प्रक्रिया |

(ग) बैंकले तोकेको अन्य विवरण तथा कागजात |

५. बैंकलाई बाणिज्य बैंक तथा वित्तीय सस्थाको सम्बन्धमा देहाय बमोजिमको अधिकार हुनेछ :

(क) यस ऐन र बाणिज्य बैंक तथा वित्तीय सस्थाको इजाजतपत्र, सुपरिवेक्षण तथा नियमन गर्न बनेको अन्य कुनै ऐनले दिएको अधिकार र दायित्वको कार्यन्वयन र बाणिज्य बैंक तथा वित्तीय सस्थाको इजाजतपत्र रद्द गर्ने तथा टाट उल्टन लागेका वा टाट उल्तेका बाणिज्य बैंक तथा वित्तीय सस्थालाई बैंक आफैले जिम्मा लिने वा ट्रस्टिसिपमा जिम्मा दिने |

(ख) कुनै बाणिज्य बैंक वा वित्तीय सस्थाले यो ऐन वा यस अन्तर्गत बनेको नियम, विनिमय वा सो अन्तर्गत जारि भएको आदेश वा निर्देशन अनुरुप कारोबार संचालन गरेको छ, छैन भनि बैंकका कुनै अधिकृत वा बैंकले तोकेको व्यक्तिद्वारा त्यस्ता बैंक वा सस्थाको हिसाब किताब, अभिलेख, कागजात वा अन्य स्रेस्ता जाचबुझ वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने वा गर्न लगाउने |

(ग) बैंकले कुनै बाणिज्य बैंक वा वित्तीय सस्थाको कारोबारको सम्बन्धमा निरीक्षण तथा सुपरिवेक्षण गर्नु परेमा त्यस्ता बैंक वा सस्थाका संचालक समितिका सदस्य, पदाधिकारी वा कर्मचारीलाई आफ्नु बैंक वा सस्थाको बारेमा आवस्यक जानकारी पेश गर्न आदेस दिने |

दफा ८० : बैंकिंग तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रण :

बैंकिंग तथा वित्तीय व्यवस्था, मुद्रा तथा कर्जाका सम्बन्धमा बैंकले बाणिज्य बैंक तथा वित्तीय सस्थालाई समय समयमा निर्देशन दिन सक्नेछ | त्यस्तो निर्देशनको पालना गर्नु बाणिज्य बैंक तथा वित्तीय सस्थाको कर्तब्य हुनेछ |

दफा ८४ अनुशार : निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा :

१. बैंकद्वारा इजाजतपत्र प्रदान गरिएका बाणिज्य बैंक तथा वित्तीय सस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण कार्यको निमित्त समितिले अन्तरास्ट्रिय स्तरको निरीक्षण तथा सुपरिवेक्षण बनाई लागु गर्नेछ |

२. बैंकले जुनसुकै बखत बाणिज्य बैंक र वित्तीय सस्थाको जुनसुकै कार्यलयको निरीक्षण तथा सुपरिवेक्षण गर्न, गराउन सक्नेछ | यस्तो निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धित कार्यालयमा बैंकको कुनै अधिकारी वा बैंकले तोकेको विशेषज्ञ खटाइ वा विस्तृत विवरण तथा सुचनाहरु बैंकमा नै गई पनि गर्न सकिनेछ |

३. उपदफा (२) बमोजिम निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारी वा विशेषज्ञ वा बैंकले मागेका लगत, तथ्यांक, विवरण, सूचना, कम्प्युटर अडिटको लागि आवस्यक पर्ने विवरण तथा अन्य विद्युतीय माध्यमबाट सिर्जना गरिएका कार्यक्रम, विवरण र वित्तीय नियन्त्रण प्रणाली वा आवस्यक अन्य कुनै कागजात त्यस्तो आधिकारी, विशेषज्ञ वा बैंकले तोकेको समय भित्र त्यस्तो अधिकारी, विशेषज्ञ वा बैंकलाई उपलब्ध गराउने, हेर्न वा जाचँ गर्न दिने कर्तब्य सम्बन्धित बाणिज्य बैंक र वित्तीय सस्था वा त्यस्तो बाणिज्य बैंक र वित्तीय सस्थाको संचालक, पदाधिकारी वा कर्मचारीको हुनेछ |

४. यस दफा बमोजिम निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारी वा बैंकले बाणिज्य बैंक वा वित्तीय सस्थाको कुनै संचालक, पदाधिकारी वा कर्मचारीसँग निरीक्षण तथा सुपरिवेक्षण गर्दा आवस्यक देखेको काम कारवाहीका सम्बन्धमा लिखित रुपमा बयान गराउन सक्नेछ |

५. निरीक्षण तथा सुपरिवेक्षण गर्दा आवस्यक देखिएका कुराको सम्बन्धमा बैंक वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले बाणिज्य बैंक वा वित्तीय सस्थालाई आवस्यक निर्देशन दिन सक्नेछ | यसरि बैंक वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित बाणिज्य बैंक र वित्तीय सस्थाको कर्तब्य हुनेछ | निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले यसरि दिएको निर्देशनको जानकारी यथाशिघ्र बैंकलाई दिनु पर्नेछ |

६. यस दफा बमोजिम निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकार वा विशेषज्ञले आफुले गरेको निरीक्षण तथा सुपरिवेक्षणको प्रतिवेदन सो कार्य समाप्त भएको मितिले सामान्यतया पन्ध्र दिनभित्र बैंक समक्ष पेश गर्नु पर्नेछ | कथम्कदाचित त्यस्तो प्रतिबेदन तयार गर्ने कार्य पन्ध्रदिन भित्र समाप्त हुन नसकेमा गभर्नरले अर्को पन्ध्र दिनको अवधि थप गरि दिन सक्नेछ |

७. उपदफा (६) बमोजिम पेश भएको प्रतिबेदन समितिको आगामी बैठकमा पेश गर्नु पर्नेछ |

८. उपदफा (७) बमोजिम पेश भएको प्रतिबेदन उपर समितिले आवस्यक निर्णय गरि सो सम्बन्धमा चल्नु पर्ने कदमहरुको बारेमा गभर्नरलाई आवस्यक निर्देशन दिन सक्नेछ | त्यस्तो निर्देशनको पालना गर्ने, गराउने जिम्मेवारी गभर्नरको हुनेछ |

अन्त्यमा एउटा अर्को प्रश्न,

प्रश्न: नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकको नोट र सिक्का निष्काशन गर्ने अधिकार सम्बन्धमा लेख्नुहोस |

उत्तर: बैंकको नोट तथा सिक्का निष्काशन गर्ने अधिकार सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ६ दफा ५२मा देहायको व्यवस्था गरिएको छ:

१) बैंकलाई नेपाल भित्र बैंक नोट तथा सिक्का निष्काशन गर्ने एकाधिकार हुनेछ | यस्तो नोट तथा सिक्का नेपाल अधिराज्यमा कानुनि ग्राह्य हुनेछ |

२) उपदफा १) बमोजिम बैंकले नोट निष्काशन गर्दा सुरक्षण राखेर मात्र निष्काशन गर्नेछ र यस्तो निष्काशित नोटको दायित्व सुरक्षण वापत राखिएको सम्पत्तिको मुल्य बराबर हुनेछ | सुरक्षण वापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चांदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेसी विनिमय अधिकारपत्रमध्ये एक वा एकभन्दा बढीमा र अरु बाँकी प्रतिशत सिक्का (मोहर, डबल र सोभन्दा बढी दरको, नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र र बैंकबाट पुन:भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्रमध्ये एक वा एक भन्दा बढीमा राखिनेछ |

तर नेपाल सरकारले स्वीकृति दिएमा सुरक्षण वापत राखिने सम्पत्तिको कमसेकम चसिल प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकारपत्र मध्ये एक वा एकभन्दा बढीमा र अरु बाँकी प्रतिशत नेपाली सिक्का (मोहर, डबल, र सो भन्दा बढी दरको, नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र र बैंकबाट पुन:भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्र मध्ये एक वा एक भन्दा बढीमा पनि राख्न सकिनेछ |

३) उपदफा २) को प्रयोजनको लागि सम्पत्ति मुल्यांकन देहाय बमोजिम गरिनेछ:

क) सुनको मुल्य समितिको सिफारिसमा नेपाल सरकारले निर्धारित गरिदिए बमोजिमको दरमा |

ख) चाँदीको मुल्य समितिले मनासिब ठहर्याएको दरमा |

ग) विदेशी मुद्रा बैंकद्वारा निर्धारित विनिमय दरमा |

घ) नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र, विदेशी धितोपत्र र विनिमय अधिकारपत्र बजार दर हेरी समितिले मनासिब ठहराएको दरमा |

ङ) सिक्का अंकित दरमा |

४) बैंकले आवश्यकता अनुसार विभिन्न दरका बैंक नोट निष्काशन गर्नेछ | यसरि बैंक नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, अन्तरिक सुरक्षाको व्यवस्था, बैंक नोट छपाई गर्ने वस्तु तथा अन्य पदार्थ समितिले निर्णय गरे बमोजिम हुनेछ |

५) समितिको राय लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरि जुनसुकै दरको बैंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा बाहेक अन्यत्र नचल्ने गराउन सक्नेछ |

६) च्यातिएको, मेटिएको अथवा झुत्रिएको नोट बैंकले पुन:निष्काशन गर्ने छैन |

७) बैंकले नेपाल सरकारको स्वीकृति लिई जुनसुकै मुल्य, नाप, तौल, शुद्दता, डिजाइन र धातुको वा मिश्रण भएको धातुको सिक्का चलन चल्तीको निमित्त वा विशेष अवसरमा टक्सारमा टकमारी गराई चलन चल्तीमा ल्याउन सक्नेछ | बैंकले आवस्यक देखेमा यस्तो सिक्का कुनै विदेशी टक्सारमा समेत टकमरी गराउन सक्नेछ |

तर एकपटक स्वीकृति लिई टकमरी गराई सकेको सिक्कालाइ पुन:टकमरी गराउन परेमा नेपाल सरकारको स्वीकृति लिनु पर्ने छैन |

८) बैंकले नेपाल सरकारको स्वीकृति लिई कुनै विदेसी सरकारले टकमरी गराउन पठाएको सिक्का टकमरी गर्न सक्नेछ |

९) बैंक स्थापना हुनु भन्दा अगाडी नेपाल सरकारबाट निष्काशन भएका नोट र बैंकबाट निष्काशन भयका बैंक नोटको तिरोभारो गर्ने जवाफदेहि बैंकको हुनेछ |

१०) बैंकनोट निष्काशन वापत सुरक्षणमा रहेको सम्पत्तिबाट उपदफा(९) बमोजिमको दायित्व बाहेक अरु दायित्व पुरा गरिने छैन |

1 thought on “नेपाल राष्ट्र बैंकले नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने सम्बन्धमा रहेको प्रावधान बारे लेख्नुहोस |

Leave a Reply

Your email address will not be published. Required fields are marked *