Accounting MCQ Questions for Nepal Rastra Bank Exam

कस्तो छ २०७५ असोज सम्मको बैदेशिक व्यापारको अवस्था

समाचार

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५।७६ को पहिलो तीन महिना अर्थात असोज मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको छ । त्यहि प्रतिबेदनमा बैदेशिक व्यापारको अवस्था निम्नानुसार उल्लेख गरिएको छ ।

वैदेशिक व्यापार :

आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा कुल वस्तु निर्यात १६.१ प्रतिशतले वृद्धि भई रु. २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.१ प्रतिशतले वृद्धि भएको थियो ।गन्तव्यका आधारमा भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अन्य मुलुकतर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, ऊनी गलैचा, पश्मिना, दन्तमञ्जन लगायतका वस्तुको निर्यात बढेको छ भने अलंैची, रोजिन, छाला, जि.आई. पाईप, अल्मुनियम लगायतका वस्तुहरुको निर्यात घटेको छ

समीक्षा अवधिमा कुल वस्तु आयात ४३.६ प्रतिशतले बढेर रु. ३७३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४०.८ प्रतिशत, चीनबाट भएको आयात ४५.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५०.५ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कन्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले विस्तार भई रु. ३४९ अर्ब ८४ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.९ प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाहको अवस्था :

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले वृद्धि भई रु.२४२ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.४ प्रतिशतले वृद्धि भई रु.२७० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *